तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आजको खेलमा लुम्बिनी कसाई र नुसी वारिर्यस विजयी

प्रकाशित मिति:

रुपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा अन्तरगत सोमबार आज भएका खेलमा लुम्बिनी कसाई र नुसी वारियस्ले जितेका छन् । आज भएको पहिलो खेलमा लुम्बिनी कसाईले रोयल च्यालेजर भैरहवालाई ५ विकेटले पराजित गरेको हो ।
च्यालेजरले दिएको १ सय ४६ रनको लक्ष्य कसाईले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो । उक्त खेलमा लुम्बिनी कसाइका रुपेश कुर्मी म्यान आफ डी म्याच भएका छन् । उनले ४ ओभरमा ६ विकेट हात पार्दै टिमलाई जिताउन सफल भएका थिए ।
त्यसैगरि आजै भएको दोस्रो खेलमा बुटवल डाईनमाईट्सलाई नुसी वरियरले ४६ रनले पराजित गरेको छ ।  पहिला व्याटिङमा उत्रिएको नुसी वरियस १ सय ५३ रनमा समेटिएको थियो । एक सय ५४ रनको विजयी लक्ष सहित मैदानमा उत्रिएको बुटवल डाईनमाट््सले सबै विकेट गुमाएर एक सय ७ रन बनाएको थियो । प्रतियोगितामा नुसी वारियस्का दिपेन्द्र सिंह ऐरी म्यान अफ दी म्याज भएका छन् । प्रतियोगिता अन्तरगत मंगलबार दुई खेल हुदैछन् । जसमा पहिलो खेलमा ज्ञानोदय गोल्डस विरुद्ध रोयल शंकरनगर भिड्ने भएको छ । त्यसैगरि भोलीकै दोस्रो खेलमा मणिग्राम किङस विरुद्ध एसआर एन एससिए टाईगसर भिड्ने आयोजक तिलोत्मा क्रिकेट क्लवले जनाएको छ । प्रतियोगिताको बुद्ध सामुदायिक टेलिभिजनले प्रतक्क्ष प्रशारण गर्दै आईरहेको छ । प्रतियोगिताको उपाधि बिजेता टिमले ट्रफिसहित नगद ३ लाख, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले ट्रफिसहित नगद १ लाख ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।