१२ चैत्र,फागुन- रुपन्देहीको कञ्चन गाउपालिकामा पानी तान्ने मोटर र सि पि भि सी पाइप सहित दुई जना ब्यक्तिहरु पक्राउ परेका छन । गए राती करिब १२स्३५ बजेको समयमा गस्तीको क्रममा जिल्ला सिद्धार्थनगर वार्ड नं। ३ सितापुर टोल उत्तर प्रदेश भारत का बर्ष २२ का राजेश यादव र सोही स्थानकै बर्ष २२ का सुरेन्द्रर चौहानलाई पानी तान्ने मोटरमा जडान गरिएको सि पि भि सि पाइप लिएर हिड्दै गरेको अवस्थामा अस्थाई प्रहरी चौकीको सुरक्षा गस्तीले शंकास्पदको आधारमा पक्राउ परेको अस्थाई प्रहरी चौकी,प्रतापपुरका प्रहरी सहायक निरीक्षक सिताराम यादवले जानकारी दिनु भएको छ ।
रातीको समयमा शंकास्पद रुपमा हिड्दै गरेको अवस्थामा सुरक्षा गस्तीलाई देखे पछि ती शंकास्पद व्यक्तिहरुले हातमा लिइरहेको पाइप खेत तिर फालेको र अनुसन्धान गर्दा निजहरुले गैडहवा गाउपालिका वडा नं। ४ ठकुरापुर स्थित नवदुर्गा माध्यमिक बिधालयको हैण्डपाइपमा जडान गरिएको पानी तान्ने मोटर तोडफोड गरी उक्त मोटर बिधालय नजिक रहेको ह्युम पाइप भित्र लुकाइराखेको र सि पि भि सि पाइप आफुहरुसंगै लिएर हिडेको अवस्थामा पक्राउ गरिएको अस्थाई प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक यादवले जानकारी दिनु भएको छ ।
।कञ्चन ३ हरैयामा रहेको गणेश कवाडी संकलन केन्द्रमा कार्य गर्ने यादव र चौहानले बिगत ३ महिना देखि गाउ गाउमा गई कवाडी संकलन गरी बिक्री गर्दै आएको सो कवाडी संकलन केन्द्रका संचालक गणेश चौहानले कवाडी संकलनका लागि भारतबाट लिएर आएका थिए । यस भन्दा अघि ३र४ वटा मोटर जन्य सामाग्री र साइकल लगायत समेत चोरी गरी बिक्री गरेको यादव र चौहानले प्रहरी सामु स्विकारेका छन ।
गत चैत्र १० गते अस्थाई प्रहरी चौकी,प्रतापपुर देखि करिब २ सय मिटर पश्चिम सिंचाईका लागि जडान गरिएको प्रगतिशील दिप ट्युववेल सिंचाई जल उपभोक्ता समितिको २५ के भि ए को बिधुत ट्रान्सफर चोरी भएको थियो भने गत चैत्र १ गते सोही चौकीको करिब ५० मिटर पुर्व रहेको बिन्दु कुवरको घरबाट र कञ्चन ४ अस्नैयका मनोज कुमार रानाको घरबाट कुवर र रानाको १५० सि सिको पल्सर वाइक चोरी भएको थियो । निजहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय,लुम्बिनी पठाइएको इलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिनु भएको छ।









