प्रथम वडा अध्यक्ष कप मेन्स डब्बल व्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

बुटवल । नयाँ वर्ष २०७८ को अवसरमा लाफा समुह बुटवलको आयोजनामा प्रथम वडा अध्यक्ष कप मेन्स डब्बल व्याडमिन्टन प्रतियोगिता २०७८ सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको व्याडमिन्टन प्रतियोगिता ए लेवलबाट केशब राना, थम्मन राना प्रथम भएका छन् । त्यस्तै उत्तम राई, दिप राना दोस्रो भएका छन् भने खिम सिंजाली, दल बहादुर पुन र शुरेस थापा, प्रकाश पाण्डे तेस्रो भएका छन् ।

त्यस्तै बि लेवलबाट बबिन थापा, यम बहादुर थापा प्रथम भएका छन् । त्यस्तै मिन सारु, रेम सेन ठकुरी दोस्रो भएका छन् भने गोपाल ज्ञवाली, सोनु नेपाली र रेप्पो कुँवर, प्रदिप पाण्डे तेस्रो भएका छन । ५० टिमको सहभागिता रहेको प्रतियोगितामा समुहका अध्यक्ष तारा सिंह रेश्मी, प्रेस सल्लाहकार दिनेश कुमार श्रेष्ठले प्रतियोगितामा प्रथम, दोस्रो र तस्रो हुने खेलाडीहरुलाई नगद २०१११, १५१११ र १०१११ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान कार्यक्रम संयोजक तथा समुहका कोषाध्यक्ष ज्ञानु सारुले जानकारी दिए ।