नेपाल सुपर लिगका लागि तयारी पुरा गरेको बुटवल लुम्बिनी फुटबल क्लबद्धारा जानकारी

प्रकाशित मिति:

काठमांडौमा हुने नेपाल सुपर लिगका लागि तयारी पुरा गरेको बुटवल लुम्बिनी फुटबल कलबले जनाएको छ । क्लबले सोमबार पत्रकार सम्मेलन गरी उपाधि जित्ने दाबी गरेको हो । नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालीले यही बैशाख ११ गते आयोजना गर्न लागेको नेपाल सुपर लिगमा देशका विभिन्न सात वटा क्लव सहभागि हुंदैछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न टिम कोच, टिम म्यानेजर, मार्की प्लेयर लगायतका सबै खेलाडी छनौटको काम सकिएको क्लबका अध्यक्ष राजकुमार तिमिल्सिनाले बताए । उनले बुटवल फुटवल क्लब कुनै व्यवसायिक घराना वा समुहको नभै लुम्बिनी प्रदेशका खेलप्रेमी जनसमुदायको संयुक्त क्लव रहेको दाबी गरे । नेपालमै पहिलो पटक हुन लागेको फ्रन्चाइज लिग व्यवासायिक खेलकुदको प्रवद्र्धनमा हातेमालो गर्न लुम्बिनी प्रदेशमा स्थापित उद्योग प्रतिष्ठानलाई क्लबले आग्रह पनि गरेको छ ।