तिलोत्तमाका मेयर र उपमेयरको गाडी अब एम्बुलेन्स

प्रकाशित मिति:

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिकाभित्रै दैनिक कोरोना संक्रमितको संख्या थपिदै गएकाले संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेपछि यस्तो निर्णय गरिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए । मेयर बासुदेव घिमिरे लु १ झ ३ सय ६० नम्बरको र उपमेयर जगेश्वरीदेवी चौधरीले ३ सय २६ नम्बरको स्कार्पियो गाडी प्रयोग गर्दै आएका छन् । अहिलेको परिस्थितीमा‘नागरिकले एम्बुलेन्स नपाएर घरमै छटपटाइरहंदा आफुहरु गाडी चढेर हिंड्न नसुहाउने भन्दै उनले नागरिककै करबाट खरिद गरेका सरकारी गाडी नागरिककै लागि प्रयोग गर्ने बताए । उक्त गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याइँने उनले जनाए ।