सुनसरीमा गोली चल्यो, फिदा हुसेनको हत्या

प्रकाशित मिति:

५ मंसिर, विराटनगर । सुनसरीको दुहबीमा एक व्यक्तिको गोली हानी हत्या भएको छ । दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको अज्ञात समूहले  बुधबार बिहान ६ः३० बजे गोली हानी हत्या गरेको हो ।

मोटरसाइकलमा आएका  दुर्इ व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा चलाएको गोली लागी हुसेन घाइते भएका थिए । हुसेनलार्इ न्यूरो अस्पताल बिराटनगरमा लैजाने क्रममा उनको मृत्यु भएको सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए ।