चार जना सांसदलाई कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति:

काठमाडौं, २३ बैशाख । प्रतिनिधिसभाका चार जना सांसदलाई कोरोना संक्रमण भएको छ । यही बैशाख २७ गते प्रतिनिधिसभाको बैठक बोलाईएको छ ।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । संसद सचिवालयले दिएको जानकारी अनुसार चार जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सांसदहरुमा लक्ष्मणलाल कर्ण, नरमाया ढाकाल, रामबाबु यादव र पार्वती कुमारी डिसी रहेका छन् ।