टेक्ससमा बुद्धिसागर समूहका चुनावी कार्यक्रम

प्रकाशित मिति:

एनआरएनए अमेरिका २०२१-२०२३ कार्य समितिको लागि बुद्धि सागर सुवेदी समूहले यो हप्ता टेक्सस राज्य स्थित शहरहरु डलास अर्भिगं, हियुस्टन, अस्टिन र वेको शहरहरुमा आफ्नो चुनावी प्रचार कार्यक्रम सम्पन्न गरेको छ। आफ्नो समूहमा विभिन्न विषयका ज्ञाता र युवा तथा महिलाहरूको बाहुल्यता रहेको दावी गर्दै आएको यो समूहले प्रचारको क्रममा ‘ टेक्सस हाम्रो राज्य हो, हामी यहाँका राजा हौँ’ भन्नेलाइ बोलेर अथवा प्रचार गरेर भन्दा पनि काम गरेर देखाउन चुनौती दिएको छ।

आसन्न निर्वाचनका अध्यक्ष प्रत्यासी बुद्धिसागर र उनका समूहसँगको साक्षात्कार पछि टेक्ससबासी नेपालीहरुले बुद्धिसागर को पक्षमा रहेको र आफूहरूमाथि भ्रमको खेती गराइएको भन्दै यो समूहको आगमनलाई कृतज्ञता व्यक्त गरेको अध्यक्षका प्रत्यासी सुवेदीले बताए ।

कार्यक्रममा सुवेदीका साथमा बरिष्ठ उपाध्यक्षका उम्मेदवार बाबुराम लामा, उपाध्यक्षका उम्मेदवारहरु गोपेन्द्र भट्टराई, डिलु पराजुली, सुमन थापा, राम हरि अधिकारी, महासचिवका उम्मेदवार अन्जन कुमार चौलागाइ, सचिवका उम्मेदवारहरु अनुप खनाल, तारा ढकाल मरहट्टा महिला तर्फ, कोषाध्यक्षका उम्मेदवार राजीव श्रेष्ठ, सहकोषाध्यक्षका उम्मेदवार अग्नि ढकाल, महिला संयोजककी उम्मेदवार सुन्दरी गुरुङ, वेर्ड अफ डाईरेक्टरका उम्मेदवार विश्व वास्तोला र आई सि सि मेम्वर विनोद कुमार तिवारी , युवा संयोजकका उम्मेदवार त्रिभुवन पाण्डे, बोर्ड सदस्यका उम्मेदवारहरु बिशाल राना, रबि बस्नेत, सन्तोष पाहारी, प्रभात सापकोटा, सरोज सिग्देल, डाक्टर प्रकाश श्रेष्ठ, कुलानन्द शर्मा, प्रदिप पौडेल उपस्थित रहेका थिए।

त्यसैगरी आइसीसी सदस्यका उम्मेदवार सुरेन्द्र मल्ल र गोविन्द सुवेदी, नारायण कडेल च्याप्टरक उम्मेदवारहरुको पनि साथमा रहेका थिए। कार्यक्रमको अध्यक्षता भगवान मैनाली गरेका थिए भने प्रमुख अतिथिमा बुद्धि सागर सुवेदी कार्यक्रम संयोजक श्री सुमन थापा, कार्यक्रम सह संयोजक श्री सरोज सिग्देल गर्नुका साथै कार्यक्रम संचालन को जिम्मेवारी श्री अग्नि ढकालले सम्हालेका थिए