रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल ठोक्कीदाँ २ जनाको मृत्यू

प्रकाशित मिति:

सुरेश परियार/मङ्सिर ५ सैनामैना । रुपन्देहीको सैनामैना कारले मोटरसाइकलाई ठक्कर दिंदा दुई जनाकोे मृत्यू भएको छ ।पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा नम्बर २ सरौलीमा सालझण्डीबाट बुटवल तर्फ गइरहेको से ४ प ७७७५ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको बा १६ च ८०१६ नम्बरको कारले ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका बस्ने वर्ष ५० का तिलक बहादुर सुनार र मोटरसाइकलमा सवारी अर्को अन्दाजी ५० वर्षीय एक पुरुषको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यू भएको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी सहायक निरिक्षक प्रभाकर खड्काले जानकारी दिए ।

ठक्कर दिने कार सहीत चालक प्रहरीकोे नियन्त्रणमा रहेको छ ।घटना सम्बन्धी थप अनुसन्धान सुरु गरिएकोे प्रहरीले जनाएको छ ।