तेक्वाण्डो अन्तराष्ट्रिय च्याम्पियन सिप २०१८ मा रजत पदक प्राप्त गर्न सफल प्रतिक शर्मालाई विद्यालयमा सम्मान
थाइल्याण्डमा सम्पन्न भएको तिरक तेक्वाण्डो अन्तराष्ट्रिय च्याम्पियन सिप २०१८ मा रजत पदक प्राप्त गर्न सफल रुपन्देहीका प्रतिक शर्मालाई विद्यालयले सम्मान गरेको छ । गणेश ज्ञानज्योति पब्लिक हाई स्कूल सेमलारका विद्यार्थी शर्माले थाइल्याण्डमा सम्पन्न भएको तेक्वाण्डो प्रतियोगितामा २४ देशका खेलाडीलाई पछि पार्दै रजत पदक प्राप्त गर्न सफल भएका हुन । उनलाई एक कार्यक्रमको आयोजना गरि विद्यालयले बाजागाजा रयाली सहित शहर परिक्रममा गरी सम्मान गरेको छ । रजत पदक प्राप्त गर्न सफल गविद्यार्थी शर्माले रुपन्देही जिल्लाई नै प्रतियोगिताबाट अन्र्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम शर्मा काफलेले बताएका छन । यसै बिचमा विद्यालयले विद्यार्थीको क्षमता बृद्धिको लागि खेल महोत्सव २०७५ सञ्चालन गरिएका विद्यालयका प्रिन्सिपल कुलराज शर्माले जानकारी दिनु भयो । कार्यक्रममा हाजिरिजवाफ, दौड, नृत्य , गायन प्रतियोगिता आयोजना गरिएको उँहाले जानकारी दिनु भयो ।










