जेसीआइ बुटवल एकाडेमी शुरु, पब्लिक स्पिकर बुटवल—२०१८ घोषणा हुने

प्रकाशित मिति:

मङ्सिर ७बुटवल । बुटवल जेसीजले गैरजेसीज युवाहरूको लागि जीवन उपयोगी तालिम दिने उदेश्यले पहिलोपटक जेसीआइ बुटवल एकाडेमी शुरु गरेको छ ।

बुटवलका झन्डै एक दर्जन कलेजका करिव ५० जना युवा विद्यार्थीको सहभागीता रहेको एकेडेमीबाट पब्लिक स्पिकर बुटवल २०१८ घोषणा हुने बुटवल जेसीजका अध्यक्ष यम प्रसाद तिवारीले बताउनुभयो । एकेडमीको उद्घाटन गर्दै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी समेत रहेका डेभलपमेन्ट बैंकर्स एसोसिएसनका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेलले कलेजका अध्यनरत युवाहरूलाई नेतृत्व र ब्यक्तुत्व सिकाउने अभिप्रायले एकेडेमी शुरुआत गरेको सराहना गर्दै मुलुकको लागि हरेक क्षेत्रमा भोलीको सक्षम नेतृत्व निर्माण गर्न एकेडमी कोषेढुङ्गा हुने विस्वास व्यक्त गर्नुभयो ।

नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र घिमिरेले जेसीजले गर्ने चार वटा अवसर मध्ये एक समुदायको विकासको लागि आफुले २०१७ देखि नै पब्लिक स्पिकर बुटवल शुरु गरेको बताउदै एकेडेमी र पब्लिक स्पिकर बुटवल दुवै कार्यक्रम एकैपटक आयोजना भएकोले सहभागी युवाहरुले यस्तो अपुर्व अवशरको उपयोग गर्न बिषेश अनुरोध गर्नुभएको थियो ।

बुटवल जेसीजका पुर्व अध्यक्ष गोपाल पाण्डेले पब्लिक स्पिकर बुटवलको दोस्रो पटक र जेसीआइ बुटवल एकेडेमी पहिलो पटक आयोजना हुन निकै गौरवको कुरा भएको औल्याउदै यसबाट एक से एक होनाहार युवाको उदय हुनेमा आफु ढुक्क भएको बताउनु भयो ।

एकेडेमीको पाइलट्मा नेपाल जेसीजका पशिक्षक रमेश अर्याल, निर्देशकमा दिनेश खड्का, सदस्य राजेन्द्र बहादुर जिसि रहनुभएको छ ।

कार्यक्रम बुटवल जेसीज बर्ष २०१८ का अध्यक्ष यमप्रसाद तिवारीको सभापतित्व, पब्लिक स्पिकर बुटवलका सम्योजक आविस्कार खनालको स्वागत, उपाध्यक्ष माधव खनालको आस्था पाठ र महासचिव चन्द्रमणी भुसालको सन्चालनमा सम्पन्न भएको थियो ।