बुटवल , मंसिर ७। बुटवल जेसीजले गैर जेसीज युवाहरूको लागि जीवन उपयोगी तालिम दिने उदेश्यले पहिलोपटक जेसीआइ बुटवल एकाडेमी शुरु गरेको छ । बुटवलका झन्डै एक दर्जन कलेजका करिव ५० जना युवा विद्यार्थीको सहभागीता रहेको एकेडेमीबाट पब्लिक स्पिकर बुटवल २०१८ घोषणा हुने बुटवल जेसीजका अध्यक्ष यम प्रसाद तिवारीले बताए । एकेडमीको उद्घाटन गर्दै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी समेत रहेका डेभलपमेन्ट बैंकर्स एसोसिएसनका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेलले कलेजका अध्यनरत युवाहरूलाई नेतृत्व र ब्यक्तुत्व सिकाउने अभिप्रायले एकेडेमी शुरुआत गरेको सराहना गर्दै मुलुकको लागि हरेक क्षेत्रमा भोलीको सक्षम नेतृत्व निर्माण गर्न एकेडमी कोषेढुङ्गा हुने विस्वास व्यक्त गरे ।
नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र घिमिरेले जेसीजले गर्ने चार वटा अवसर मध्ये एक समुदायको विकासको लागि आफुले २०१७ देखि नै पब्लिक स्पिकर बुटवल शुरु गरेको बताउदै एकेडेमी र पब्लिक स्पिकर बुटवल दुवै कार्यक्रम एकैपटक आयोजना भएकोले सहभागी युवाहरुले यस्तो अपुर्व अवसरको उपयोग गर्न बिषेश अनुरोध गरेका थिए ।
बुटवल जेसीजका पुर्वअध्यक्ष प्रदिप कुमार उदयले नेपाल जेसीजको नेपाल भरीका शाखाहरुमा बुटवल जेसीजले फरक र अव्वल कार्यक्रम गर्न सघै अघि सर्ने हुदा एकेडेमीले फेरी जेसीज अभियानमा नयाँ इट्ट थपेको बताए । बुटवल जेसीजका पुर्व अध्यक्ष गोपाल पाण्डेले पब्लिक स्पिकर बुटवलको दोस्रो पटक र जेसीआइ बुटवल एकेडेमी पहिलो पटक आयोजना हुन निकै गौरवको कुरा भएको औल्याउदै यसबाट एक से एक होनाहार युवाको उदय हुनेमा आफु ढुक्क भएको बताए।
नेपाल जेसीजका तालीम आयुक्त अनिल बहादुर शाहीले जेसीज अभियानकोृ बारेका जानकारी दिएका थिए । नेपाल प्रहरीका पुर्व एसएसपी एवम् नार्कनन दक्षिण एशियाका प्रमुख बसन्तराज कुँवरले सहभागीहरुलाइ नेतृत्व र व्याक्तित्व विकास सम्बन्धी तालिम दिएका थिए एकेडेमीको पाइलट्मा नेपाल जेसीजका पशिक्षक रमेश अर्याल, निर्देशकमा दिनेश खड्का, सदस्य राजेन्द्र बहादुर जिसि रहेका छन्।
कार्यक्रम बुटवल जेसीज बर्ष २०१८ का अध्यक्ष यमप्रसाद तिवारीको सभापतित्व, पब्लिक स्पिकर बुटवलका सम्योजक आविस्कार खनालको स्वागत, उपाध्यक्ष माधव खनालको आस्था पाठ र महासचिव चन्द्रमणी भुसालको सन्चालनमा सम्पन्न भएको थियो ।












