८ मंसिर, रामेछाप / रामेछापको सदरमुकाम मन्थलीमा एक पैदल यात्रीलाई मोटरसाइकलले ठक्कर दिँदा शुक्रबार एक पैदल यात्रीको ज्यान गएको छ । बा ५७ प ४७२७ नं।को मोटरसाइकलले मन्थली नगरपालिका वडा नं।१ स्थित चण्डेश्वरी होटल नजिक सडकमा ठक्कर दिँदा मन्थली ६ हात्तीटारका काले माझीको ज्यान गएको हो ।
शुक्रबार दिउँसो मन्थलीको थापाचोकबाट मन्थली बजार आउने क्रममा गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं। ८ घर भएका प्रेम बहादुर रानाले चलाएको मोटरसाइकलले ठक्कर दिएर घाइते भएका माझीको तामाकोशी सहकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रबक्ता शेख अदालतले जानकारी दिए । चालक अहिले प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।












