गाउँपालिका अध्यक्ष माथि डक्टरको आरोप : आफुले भने जस्तो नगरे ज्यान लिने धम्की

प्रकाशित मिति:

रामेछाप मंसिर ८ ।
रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले ज्यान मार्ने धम्की दिएको भन्दै प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका डा। राकेशकुमार दासले बिज्ञप्ती मार्फत सुरक्षाको माग गरेकाछन् । डा। दासले धम्की दिने गाउँपालिकाका अध्यक्ष खड्कामाथि कारवाही गर्नुपर्ने माग गर्दै आफू असुरक्षित रहेको बताएकाछन् । दासले शुक्रबार जारी गरेको बिज्ञप्तीमा खड्काले आफुलाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको समेत बताएकाछन् ।
विज्ञप्तिमा अध्यक्ष खड्का माथि कारबाहीको लागि ०७५ मंसिर ४ गते नै स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको निर्णय सहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, मन्थली नगरपालिका, स्वास्थ्य सेवा विभाग र नेपाल मेडिकल यसोशियसनमा अनुरोध गरेपनि कारवाही हुन नसकेको गुनासो गरेका छन् ।

अध्यक्ष खडकामाथि कारबाही नभए स्वास्थ्य संस्थाबाट दिइरहेको २४ घण्टे प्रशुती सेवा तथा आकश्मिक सेवा बाहेक सम्पूर्ण मेडिकोलिगल लगायतका सेवा अनिश्चितकालीन रुपमा बन्द गरिने चेतावनी पनि विज्ञप्तीमा दिइएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा गत कात्तिक २० गते जिल्ला प्रहरी कार्यालय रामेछापको पत्र अनुसार तामाकोसी गाउँपालिका–३ धोवीकी ३९ वर्षिय झलमाया श्रेष्ठको शासको पोष्टमार्टम गरिएको उल्लेख गर्दै विज्ञप्तीमा सो रिपोर्ट आपूmले भने अनुसार दिन अध्यक्षले बारम्बार फोनबाट दवाव दिएको आरोप लगाइएको छ ।

गाउँपालिका अध्यक्ष गोविन्द खड्काले भने भने प्रहरी र प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकले मिलेमतोमा गलत पोष्टमार्टम रिपोर्ट दिएको आरोप लगाउँदै मृतृकको परिवारको नेतृत्व गर्दै मन्थलीमा दबाबमुलक आन्दोलन गरेका थिए । मन्थलीमा गरिएको पोष्टमार्टम रिपोर्टमा चित्त नबुझेकै कारण मृतकको पुन ः पोर्टमाार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लाश पुर्याइएको थियो । दुवै रिपोर्टमा श्रेष्ठले आत्महत्या गरेको प्रमाणित भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।