बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

प्रकाशित मिति:

नवलपरासी, मंसिर ८/  पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका–१३स्थित मुकुन्दपुरमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातको बसले ना ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकलमा सवार दुबै जनालाई उपचारका लागि अस्पताल लैजाँदा एकाको बाटोमै र अर्कोको अस्पताल पु¥याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा गैंडाकोट नगरपालिका–८ बस्ने २० वर्षीय अनिल पौडेल र गैंडाकोट–१ बस्ने १९ वर्षीय कृष्ण सापकोटा रहेका गैंडाकोट इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जोतेन्द्र भण्डारीले जानकारी दिए।