नगेन्द्र केसी /जीवन परियार, बुटवल, मंसिर ८ ।
बुटवल उ.म.न.पा-१६,सेमलार स्थित गणेश ज्ञान ज्योति पब्लिक हाई स्कुल को खेल महोत्सव आफ्नै बिधालय को प्राङ्गणमा एक भव्य समारोहबीच सम्पन्न भएको छ।
यहि मंसिर ४ गतेबाट आयोजना भएको उक्त महोत्सव भरी विभिन्न रिले दौड,हाई जम्प,लङ्ग जम्प,छेलो फाल्ने जस्ता कार्यक्रम र वर्षभरी विभिन्न कार्यक्रममा धेरै विधार्थी उत्कृष्ट बनाउन सफल बिधाबाट प्रथम,दितिय र तृतिय स्थान प्राप्त गर्ने सम्पुर्ण बिधार्थी लगायत शिक्षकहरुलाई मेडल तथा मायाको चिनोले सम्मान गरिएको छ।कार्यक्रम का अध्यक्ष तथा बिधालय ब्यवस्थापन समिति अध्यक्ष प्रेेम प्रसाद काफ्ले ले खेल महोत्सव मा सहभागी भई सफलता प्राप्त गर्ने सम्पूर्ण बिधार्थी ,शिक्षकलाई बधाई तथा शुभकामना दिनु भएको छ।
बिधालय का प्राचार्य कुलराज शर्माले हालै थाइल्यान्ड मा सम्पन्न २४ देश संलग्न रहेको तिरक तेक्वान्दो प्रतियोगितामा सहभागी भई रजत पदक प्राप्त गर्न सफल कक्षा ७, का बिधार्थी प्रतीक शर्मालाई नगद रु.२०१०० र कक्षा १० सम्म निशुल्क शिक्षा दिईने र अन्य सुबिधा पनि उपलब्ध गराउने घोषणा गर्नु भएको हो।र यसरी विभिन्न प्रतिभा भएका विधार्थीहरुलाई अवसर दिन र आवश्यक उपकरणहरु प्रयाप्त रहेको पनि जानकारी गराउनु भयो ।
र यसै अन्तर्गत बिधालय ले स्थानीय, जिल्ला स्तरीय थुप्रै प्रतियोगितामा पनि बिधालय ले सफलता प्राप्त गरेको बताउनु भयो।र स्कुलस्तरीय यस्ता थुप्रै कार्यक्रम अायोजना गरि बिधार्थीहरु को प्रतिभालाई उजागर गर्ने बताउनु भएको थियो ।
कार्यक्रममा बिधालय सञ्चालक सदस्य धनश्याम चालिसे,श्रीकृष्ण आचार्य, पुर्व बिधार्थी रेशम आचार्य लगायतले शुभकामना दिनु भएको थियो ।भने बिद्यालय का शिक्षक लेखनाथ पौडेलको स्वागतमा र बिधालय का सह प्राचार्य डोलराज खरेलको सञ्चालन मा कार्यक्रम सम्पन्न भएको थियो ।












