काठमाडौंमा भएको ग्याङ फाइटमा एक जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरस्थित सुकुम्बासी टोलमा भएको ग्याङ फाइटमा एक जनाको मृत्यु भएको छ। शनिबार दुई समूहबीच भएको झडपमा खुकुरी प्रहार हुँदा एक जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। एक जना भने घाइते भएका छन्। मृत्यु हुनेमा सुकुम्बासी वस्तीमै बस्ने विक्की मगर रहेका छन्। उनको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो। दुई समूहबीच लागु औषधको विषयमा विवाद उत्पन्न हुँदा झगडा भएको प्रहरीले बताएको छ।

यसैबीच प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर घर भएका मनिष बानियाँ र तार्केश्वर नगरपालिका घर भएका महेश परियार रहेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेकाे प्रहरीले जानकारी दिएकाे छ।