ग्रिन तिलोत्तमा, क्लिन तिलाेत्तमा अन्तर्गत वडा नं. ७ मा अन्तक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

मिलन पंगेनी, बुटवल, मंसरि ८ । ग्रिन तिलोत्तमा, क्लिन तिलाेत्तमा अभियान अन्तर्गत तिलोत्तमा नगरपालिका वडा नं ७ मा जन समुदाय र नगरपालिका बिच अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार मायादेवि मार्ग टोल विकास संस्थाले आयोजना गरेकाे अन्तक्रिर्या कार्यक्रममा नगरपालिकाका मेयर वासुदेव घिमिरेको प्रमुख अातीथ्यता रहेको थियो ।

भलवारी भित्रको सुनयना पथ देखि एकता टोल सम्मको बाटोमा फूल रोप्ने र हरियाली प्रबर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि मेयर घिमिरेले ६०% लागत रकम नगरपालिकाले बेर्होने गरी आम टोल विकास संस्था लगायत वित्तिय संस्थालाई प्रोत्साहन गरेको जानकारी दिए । त्यस्तै तिलोत्तमा सामुदायिक वनका प्रमुख गिरीराज गैरेले आवश्यक फूल विरुवा पूर्ण रुपमा सहयोग गर्ने बताएका थिए ।

४०% लागत भने यस क्षेत्र भित्रका टोल विकास संस्थाहरुले बेर्हाेनुपर्ने जनाइएको छ । कार्यक्रममा टोलकाे समस्या लगायत अन्य विषयका बारेमा गंगा शाहीले प्रष्ट पारेका थिए ।

हेमराज पौड्यालको अध्यक्षता रहेको कार्यक्रमकाे सञ्चालन कृष्णा पुनले गरेका थिए ।