काठमाडौं । गायक प्रकाश सपूत कोरोना संक्रमण मुक्त भएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत् आफु कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका हुन् ।उनले संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोरोना पराजित भएको बताउँदै सबैलाई धन्यवादसमेत दिएका छन् ।
‘नाता र भावना ले जोडिएका आफन्त ईस्टमित्र एंव कलाकारीता मार्फत जोडिनुभएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोराना पराजित भएको छ । भाई देबेन्द्र र म निको भएका छौ । विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने तपाई सबै सबै लाई धेरै धेरै धन्यबाद ।’ उनले फेसबुकमा लेखेका छन् ।
सपुतले आफ्नो आमा भने अझै कोरोनासँग जुधिरहेको समेत बताएका छन् । ‘आमा पनी संक्रमित हुनुहुन्छ । बलियो आत्मविश्वासका साथ जुधिरहनुभएको छ । आमाले पनी कोरोना जित्नुहुनेछ । आज आमाको मुख हेर्ने दिन यसरी दुरी राखेरै भए पनी हामीले आमालाई माया र कृतज्ञ प्रकट गर्यौ । भावनात्मक हिसाबले यो तस्विर निकै पिडादायिक छ । सतर्कता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गरौ । सुरक्षित र सकरात्मक रहौ ।’ उनले भने ।
वैशाख १७ गते काठमाडौं मेडिकल कलेज (केएमसी)मा पीसीआर परीक्षण गर्दा सपूतलाई संक्रमण पुष्टि भएको थियो ।