तीन हप्ते अल्टिमेटमसहित १६ औँ सत्याग्रहको घोषणा गर्दै डा. केसी

प्रकाशित मिति:

मंसिर १०, २०७५ काठमाडौं– चिकित्सा शिक्षामा सुधारको माग राख्दै पटकपटक अनशन बसेका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसी फेरि अर्को आन्दोलनको तयारीमा छन् । उनले आफूसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न तीन हप्ते अल्टिमेटम दिँदै सत्याग्रहको घोषणा गर्न लागेका हुन् ।

आफ्नो १५ औँ सत्याग्रहका बेला भएको सम्झौता अनुसार सरकारले काम नगरेको भन्दै डा. केसीले सोमबार पत्रकार सम्मेलन गरेर अल्टिमेटमसहित त्यो अवधिमा माग पूरा नभए १६ औँ सत्याग्रह गर्ने घोषणा गर्नका लागेका हुन् । डा. केसीले दिउँसो ३ बजे त्रिवि शिक्षण अस्पतालको गणेशमान स्मृति भवनमा पत्रकार सम्मेलन गरेर अल्टिमेटसहित आफ्ना माग प्रस्तुत गर्ने डा. अभिशेकराज सिंहले जानकारी दिए ।

स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा नेकपाका नेताहरू सुवास नेम्वाङ र बिष्णु पौडेलको सक्रीयतामा डा. केसीले १५औ सत्याग्रह अन्त्य गरेका थिए । तर, सरकारले आफ्नो दायित्व पूरा नगरेका कारण डा. केसीले आज पत्रकार सम्मेलन मार्फत ३ हप्ते अल्टिमेटम सहित १६ औ सत्याग्रहको घोषणा गर्न लागेको उनका सहयोगीले बताए ।