रोयल थाई मोनास्टी, लुम्बिनी र एनआरएनए थाइल्याण्डद्धारा २४ ओटा अक्सिजन कन्सन्ट्रेटर सहयोग
प्रकाशित मिति:
रोयल थाई मोनास्टी, लुम्बिनी र एनआरएनए थाइल्याण्डले २४ ओटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएको छ। नेपालमा भइरहेको कोरोना भाइरस संक्रमितको उपचार सहयोगका लागि अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाइएको हो। रोयल थाइ मोनास्टी, लुम्बिनी ले १७ र एनआरएनए थाइल्याणको तर्फबाट ७ ओटा गरी जम्मा २४ थान अक्सिजन कन्सन्ट्रेटर श्री एयरलाइन्सको जहाजबाट नेपाल ल्याइएको व्याङ्कक स्थित नेपाली राजदूतावासले जनाएको छ।









