सिरहामा मोटरसाइकलमा सल बेरिएर दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् घाइते

प्रकाशित मिति:

सिरहाको औरही गाउँपालिका- १ स्थित मोटरसाइकल दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ ।

हरकट्टी चोकनजिकै गुडिरहेको स १० प ४५२२ नम्बरको मोटरसाइकलमा पछाडि सवार महिलाको सल बेरिएर दुर्घटना हुँदा महिलाको घटनास्थलमै ज्यान गएको हो ।

मृत्यु हुनेमा गोलबजार नगरपालिका- ५ की २७ वर्षीया निरुदेवि साह छिन् । प्रहरीका अनुसार, मोटरसाइकल चालक मृतकका श्रीमान् राजेश्वर साह सामान्य घाइते छन् ।