पछिल्लो २४ घण्टामा थपिए ७३६८ संक्रमित, ६६४८ संक्रमण मुक्त

प्रकाशित मिति:

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा ७३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ६६४८ जना संक्रमण मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । यस्तै संक्रमणबाट थप १४५ जनाको मृत्यु भएको छ ।