काठमाडौं । कांग्रेस युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी ओलीले ढिलो गरी कोरोना महामारीको भयावह रुप थाहा पाएको बताएका छन् ।सामाजिक संजालमा लेख्दै पौडेलले अरु गल्तीप्रति पनि यसरी आत्ममूल्यांकन गर्न आग्रह गर्दै कोरोनाविरुद्ध प्रभावकारी तयारीसाथ अघि बढ्नुपर्ने बताएका हुन् ।
‘ढिलै भएपनि प्रमले कोरोना महामारीको भयावह रूप थाहा पाउनुभयो। विगतका अन्य गल्तीहरुको पनि यसरी नै आत्ममूल्यांकन गर्नुहोस्। सबैलाई साथ लिएर महामारी नियन्त्रणमाअघि बढ्नुहोस्। कोरोनाले जनतामा पुर्याएको क्षतिको हिसाबकिताब पनि खोजौं ।अनियमितताहरु छानविन गरौं। प्रभावकारी तयारीका साथ अघि बढौं ।’ पौडेलले ट्वीट गर्दै भनेका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार कोरोनाको महामारी यतिसम्म पुग्छ भनेर आफूले अनुमान नै नगरेको बताएका थिए ।
ढिलै भएपनि प्रमले कोरोना महामारीको भयावह रूप थाहा पाउनुभयो।विगतका अन्य गल्तीहरुको पनि यसरी नै आत्ममूल्यांकन गर्नुहोस्।सबैलाई साथ लिएर महामारी नियन्त्रणमाअघि बढ्नुहोस्।कोरोनाले जनतामा पुर्याएको क्षेतीकाे हिसाब किताब पनि खोजौं ।अनियमितताहरु छानविन गरौं।प्रभावकारि तयारीका साथअघि बढौ
— Pradip Paudel (@paudelpradipNC) May 16, 2021








