मङ्सिर ११ काठमाडौं । अति भएपछि खति हुन्छ भन्छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले अहिले त्यही गरिरहेको छ । सामाजिक सुरक्षा कोष नेपालले अहिले विज्ञापनको खोलो बगाएको छ ।
सामाजिक सुरक्षा कोषमा पैसा जम्मा गर्न थालेको झण्डै १० वर्ष भइसकेको छ । कोषमा अहिले झण्डै २० अर्ब रुपैयाँ जम्मा भएको छ । तलवको एक प्रतिशत सुरक्षा कोषमा जम्मा गर्नुपर्ने प्रावधान अनुसार २० अर्ब जम्मा भएको हो ।
योजना नै १० वर्षअघि सुरु भएपछि अहिले आएर मंगलबारदेखि केपी शर्मा ओलीको नेतृत्वको सरकारले गरेको हो भन्ने भ्रम छर्नका लागि अति भद्दा शैलीमा प्रचारप्रसार गरिएको छ ।
सामाजिक सुरक्षा योजनाका परिकल्पना १० वर्षअघि भए पनि यसको ऐन अघिल्लो सरकारले ल्याएको हो ।
१० वर्षदेखि जम्मा गरेको पैसा खर्चेर केपी शर्मा ओली र श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टका तस्वीर एवं पम्प्लेटहरु पोलदेखि पत्रिकासम्म र सामाजिक संजालदेखि अनलाइनसम्म छाएका छन् ।
ओलीको फोटो राख्नमात्र ८ करोड खर्चिएको रहेछ । यसरी भद्दा प्रचार गरेर ओली सरकारले आफ्नो सरकारले सबैभन्दा ठूलो काम गरेको भनी देखाउन खोजेको प्रवृत्तिप्रति सामाजिक संजालहरुमा चर्को विरोध भइरहेको छ ।












