राष्ट्रपतिको गाडी खरिदको लागि नेविसंघ गुल्मीद्वारा भिक्षा संकलन ।

प्रकाशित मिति:

गुल्मी, ११ मंसिर । नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास, गुल्मीले राष्ट्रपति विद्यादेवि भण्डारीको बिलासी गाडी खरिदका लागि गरेको निर्णय प्रती साँकेतिक विरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडि जम्मा भएका विद्यार्थी नेता तथा कार्यकर्ताले राष्ट्रपति भण्डारीका लागि गाडी खरिद गर्ने भन्दै भिक्षा दानका रुपमा ६८६/- रुपैयाँ संकलन भएको जानकारी इकाई सभापति पुनाराम घिमिरेले दिए ।

भिक्षा दानबाट संकलन गरिएको रकम जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत प्रधानमन्त्री राहत कोषमा पठाईदिने जानकारी सभापति घिमिरेले दिए । भिक्षा दान संकलन कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका नगर सभापति छवि पाण्डे जिल्लास्थित विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।