कांग्रेस महासमिति सदस्य गजेन्द्र प्रकाश मल्लको निधन

प्रकाशित मिति:

स्याङ्जा, ४, जेष्ठ,- नेपाली कांग्रेस स्याङ्जाका महासमिति सदस्य, पूर्व जिल्ला कोषाध्यक्ष एवं समाजसेवी गजिन्द्रप्रकाश मल्लको ७४ बर्षको उमेरमा निधन भएको छ । पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार दिउसो निधन भएको हो । निरंकुश शासन ब्यवस्था बिरुद्ध नागरिकका स्वतन्त्रताका पक्षमा आवाज उठाउदै प्रतिबन्धित अवस्थामा जेलनेल सजाय भोगेका मल्ल प्रजातन्त्रका लागि ज्यान आहुती दिने योद्धाका रुपमा परिचित थिए । मल्लमा पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएपछि गण्डकी मेडिकल कलेज पोखरामा उपचारकै क्रममा निधन भएको परिवारले जनाएका छन् ।

पछिल्ला दुईबर्षदेखि मल्ल शारिरीक अस्वस्थ्य थिए । मल्लको झण्डै डेढ बर्षअघि क्यान्सर रोगबाट पिडित रहेका मल्लको भारतमा उपचारपछि ठिक भएको थियो । क्यान्सर रोगको सफल उपचारपछि सामाजिक सेवामा फर्केका मल्लको अन्त्यमा कोरोनालाई परास्त गर्न असफल भए । उनको निधन हुन पुग्यो । स्वर्गिय मल्ल २ पटकसम्म इलाका सदस्य भएका थिए । निर्माण ब्यवसायी संघका केन्द्रीय सदस्य, जिल्लाका संस्थापक अध्यक्ष लगायत बिभिन्न सामाजिक क्षेत्रमा समेत मल्लको सक्रियता रहेको थियो ।

गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्ल लगायत उनका श्रीमती ३ छोरा र एक छोरी तथा दर्जन भन्दा बढी नाती नातिना रहेका छन् । मल्लको निधनले नेपाली काँग्रेस पार्टीमा अपुरणीय क्षति पुगेको कांग्रेसका कार्यवाहक सभापति कुमार रानाले बताए । चापाकोट नगरपालिका ५ निवासी मल्ल बिगत ३४÷३५ बर्षदेखि पुतलीबजार नगरपालिका १ प्रगतीनगरमा बस्दै आएका थिए । मल्लको निधनमा विभिन्न सामाजिक संघसंस्था तथा राजनीतिकदलहरुले समाजका अगुवाको निधनले जिल्लालाई ठुलो क्षती पुगेको भन्दै दुःख व्यक्त गरेका छन् ।