बुटवल । नेपालमा थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरिएको परीक्षणमा ८,१७३ जनामा कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ८० हजार ५२७ पुगेको छ ।
यस्तै थप ७ हजार ९८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ६० हजार ४ सय ०३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २४६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ५ हजार ६ सय ५७ पुगेको छ ।









