लमजुङको भुलभुले केन्द्र बनााएर गएको भूकम्पले घर भत्किँदा चार घाइते, एक दर्जन घरमा क्षति

प्रकाशित मिति:

५ जेठ,बुटवल/ जेल संघर्ष – लमजुङ केन्द्रविन्द भएर फेरि आज बिहानै पनि ५ दशमलव ८ म्याग्निच्यूडको भूकम्प छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ः२६ बजे दोस्रो भूकम्प गएको हो। यो ५ दशमलव ३ म्याग्निच्यूडको रहेको केन्द्रले जनाएको छ।अमेरिकी भूकम्पसम्बन्धी सूचना केन्द्र यूएसजीएसले भने ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प मापन गरेको छ। नेपालसँगै भारत र चीन पनि यसको असर परेको यूएसजीएसले जनाएको छ। यसको धक्का काठमाडौं पनि महसुस भएको छ। यो सँगै बाग्मती र लुम्बिनी प्रदेशमा पनि धक्का महसुस भएको जनाएको छ। यस अघि आज बिहान ५ः४२ बजे ५ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको छ।

लमजुङ, पहाडी जिल्ला लमजुङ मस्र्यांदी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर भुकम्प जांदा घर भत्किँएर विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मस्र्याङ्दी गाउँपलिका–६ ठुलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार उनीहरुमध्ये खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका थिए ।
घाइतेहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेकोजिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। उनीहरुको टाउको, हात खुट्टा लगायतका शरीरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रले बजानकारी दिएका छन । घाइते उमा घरमै सुतिरहेको अवस्थामा भूकम्प जाँदा घर भत्किएर शरीरको आधा भाग नै पुरिएको थियो । त्यसपश्चात् स्थानीयवासीले उद्धार गरेर एम्बुलेन्स मार्फत जिल्ला अस्पताल पु¥याउन सफल भएको तर प्रहरीलाई बेलैमा खबर गर्दा समेत नआएको स्थानीयवासीको गुनासो छ ।
उमा सहित उहाँकी छोरी श्रृष्ती गुरुङ पनि सोही स्थानमा सुतिरहे पनि उनी भने मर्निङवाक जाने भनेर हिँडेको एक मिनेटमै भूकम्प गएको थियो । श्रृती मर्निङवाक जाने भनेर घरबाट हिँडेकाले घाइते हुनबाट जोगिएको उनले बताइन । “घरमा ममी र म मात्र थियौँ, बाबा कामको सिलसिलामा मनाङमा हुनुहुन्छ, अब घर भत्कियो कता कसरी बस्ने भइहेको छ ।”श्रृष्तीले भनिन।

प्रहरी निरीक्षक मिश्रका अनुसार भूकम्पले घाइतेहरुको घरसहित बेँसीशहर–१ का शम्शेर परियार, वडा नं ३ रानीकुवाका दीपक बराल, नवीन बराल, गोरे क्षेत्री, वडा नं ६ मकैडाँडाका लक्ष्मी अधिकारी, तुलबहादुर अधिकारी, टेकबहादुर अधिकारी, मस्र्याङ्दी–३ तरापुका बासुदेव खत्रीको घरमा क्षति पुगेको छ । त्यस्तै मध्यनेपाल नगरपालिका–७ का तीर्थराज घिमिरे, बेँसीशहर–६ कै धीरबहादुर रिमाल, बुद्धिबहादुर रिमालको घरमा क्षति पुगेको छ । यी अधिकांश घरहरु ढुङ्गामाटा र जस्तापाताको छानोबाट बनेको प्रहरीले जनाएको छ । त्यस्तै थप अन्य विस्तृत जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।लमजुङ सहित छिमेकी जिल्ला मनाङ, कास्की, गोरखालगायतका जिल्लामा समेत धक्का पुगेको बताइएको छ । जिल्लामा भने अझै पटकपटक भूकम्पको पराकम्पन जाने क्रम जारी रहेको छ । यसरी पटकपटक भूकम्पको धक्का गइरहेकाले यहाँका स्थानीयवासी घरबाहिर सडक र खुला ठाउँमा निस्किएर बसेका छन् । त्यस्तै कोरोना सङ्क्रमणका बेला मानिसहरूको मास्कबिना भीडभाड देखिन्छ । यसले गर्दा सङ्क्रमणको जोखिम समेत बढेको छ ।आजको भुकम्पले रुपन्देहीको भैरहवामा समेत धक्का महसुस गरेको स्थानीयले जनाएका छन । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।