समाधान हुँदै अक्सिजनको समस्या

प्रकाशित मिति:

काठमाडौं– जटिल प्रकृतिका कोरोना सङ्क्रमित बिरामीका लागि अत्यावश्यक रहेको अक्सिजनको आपूर्ति ९५ प्रतिशतले व्यवस्थापन भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमका अनुसार केही अघिसम्म अक्सिजनको हाहाकार नै मच्चिएको थियो, तर अहिले सबैतिरबाट व्यवस्थापन भएकाले ९५ प्रतिशत समाधान भएको छ ।आउने सातादेखि शत प्रतिशत आपूर्ति हुनसक्ने गरी व्यवस्थापन भएको डांगोत्मको भनाइ छ ।ओमानबाट ५६० थान र चीनबाट दुई हजार थान सिलिण्डर सरकारले ल्याएको छ भने निजी कम्पनीहरुले समेत सिलिण्डर ल्याएकाले चार हजारभन्दा बढी सिलिण्डर भित्रिएको मन्त्रालयको तथ्याङ्क छ ।१८ हजार सिलिण्डर ल्याउने अन्तिम तयारी भएकाले यो साताभित्र अक्सिजनको समस्या सबै हल हुने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

सिलिण्डरसँगै लिक्विड अक्सिजनको अभाव भएकाले भारतबाट दैनिक रुपमा दुई ट्यांकरले आयात गर्दै आएकाले हाल थप दुई वटा ट्यांकर थप गरी चार वटा ट्यांकरबाट तीन दिनमा ३० टन अक्सिजन आयात हुने गरेको उहाँले जानकारी दिनुभयो ।मन्त्रालयले भेन्टिलेटर, आइसियु र एचडियुमा भएका विरामीको सङ्ख्याको आधारमा अस्पतालहरुलाई अक्सिजन वितरण गर्दै आएको छ ।