बुटवलस्थित सिंह कम्प्लेक्समा आगलागी

प्रकाशित मिति:

बुटवल । रुपन्देहीको बुटवलस्थित सिंह कम्प्लेक्समा बुधबार राती आगलागी भएको छ । विद्युत सर्ट भएर बुधबार राती साढे १ बजे लागेको आगोलागीबाट कम्प्लेक्सको चौथो तल्ला र तेस्रो तल्लामा भौतिक क्षति भएको छ ।

आगलागीबाट कुल साढे ३ करोड बराबरको क्षति भएको कम्प्लेक्सका संचालक संचालक महेशमान सिंहले बताए ।आगलागीबाट ४ टनको ४ वटा र २ टनका ७ वटा गरि ११ वटा एसी पुर्ण रुपमा क्षति भएको छ । यसैगरि रेष्टुरेन्टमा रहेको फ्रिज, टिभि, ब्रान्डेड पेय पदार्थ, सजावटका फर्निचर, सोफा लगायत सबै ध्वष्त भएको उनले बताए । लाबि फुडकोर्ड अन्तरगत दुई वटा आकर्षक रेष्टुरेन्ट, भ्यूसिनेमाको बकस अफिस र काउन्टर, तेस्रो तल्लामा रहेको समृद्धि सैलुन (निलडेभिड हेयर सैलुन) मा समेत क्षति भएको छ।