स्याङ्जा कांग्रेसले गुमायो दुई योद्धा, निधनमा कांग्रेसद्धारा दुख ब्यक्त

प्रकाशित मिति:

स्याङजा, ६, जेष्ठ- स्याङ्जा काँग्रेस यतीबेला शोकमा छ । दुईदिनको फरकमा काँग्रेसका दुईजना कर्मठ र निष्ठावान नेता गुमाएको छ । दुई दिनको फरकमा नेपाली कांग्रेस महासमिति सदस्य, शिक्षासेवी एवं निर्माण ब्यवसायी गजिन्द्रप्रकाश मल्ल र लोकतान्त्रिक आन्दोलनका अगुवा योद्धा स्थानेश्वर पौडेललाई स्याङ्जा काँग्रसले गुमाएको हो । दुवै जनाको निधनप्रति नेपाली कांग्रेस स्याङजाले शोक विज्ञप्ति प्रकाशित गरेको छ । कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) द्धारा हस्ताक्षरित विज्ञप्तिमा चापाकोट नगरपालिका ५ सेखाम जन्मथलोभई हाल पुतलीबजार नगरपालिका १ का मल्ल र आधीखोला गाउपालिका ३ बिचारीचौताराका पौडेलको निधनप्रति दुख ब्यक्त गर्दै शोक बिज्ञप्ति प्रकाशित गरेको हो ।

प्रकाशित बिज्ञप्तिमा स्याङजा स्थित नेपाली कांग्रेसको पाटी कार्यालय ३ दिन बन्द गर्ने, पाटीको झण्डा १३ दिनसम्म आधा झुकाउने र कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको छ । दुवै नेताले देखाएको अमूल्य बाटो स्याङजा कांग्रेसका लागि अनुकरणीय रहेको र सधैंभरी सम्झन उल्ल्ोख छ । दुवै नेता गुम्नुले स्याङ्जा काँग्रेसलाई अपुरणीय क्षेती पुगेको शोक विज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्वर्गिय पौडेलले २०१७ सालको राजनीतिक कु पछि नेपाली कांग्रेसमा आवद्ध भई राजनीति यात्रा शुरु गरेका थिए । गण्डकी छात्र संघको अध्यक्ष, स्याङजा पर्वत तरुण क्लवको संस्थापक अध्यक्ष हुदै नेपाली कांग्रेस स्याङजाको जिल्ला कार्यसमितिको सचिव भएर काम गरिसकेका पौडेल काँग्रेसका पुराना अभिभावक नेताका रुपमा परिचित थिए । विस २०४९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा तत्कालिन बिचारीचौतारा गाउ विकास समितिको पहिलो निर्वाचित अध्यक्ष भएको पौडेलका २ श्रीमती ३ छोरा र २ छोरी रहेका छन् ।

यसैगरी, मल्लले पनि २०१७ सालको राजनीतिक कु पछि कांग्रेसका बिभिन्न आन्दोलनका मोर्चामा सहभागी भएका नेता हुन् । पञ्चायती शासन बिरुद्धको सशक्त आवाज उठाउदै प्रतिवन्धित समयमा नेपाली कांग्रेसको कोषाध्यक्ष , जिल्ला विकास समितिको २ पटकसम्म सदस्य समेत भएका मल्ल पश्चिम क्षेत्रका एक निडर र असल कार्यकर्ताका रुपमा रहेका थिए । निर्माण ब्यवसायी संघका संस्थापक अध्यक्ष र हाल संघका केन्द्रीय सदस्य रहेका मल्लका श्रीमती, ३ छोरा र १ छोरी हुनुहुन्छ । नेपाली कांग्रेस स्याङजाको राजनीतिमा अब्बल प्रभाव पार्न सफल मल्लका माइला छोरा भागवतप्रकाश मल्लले बाबाकोे मार्ग अनुसरण गर्दे आएका छन् । गण्डकी प्रदेश सांसद र नेपाल तरुणद स्याङ्जाका अध्यक्ष समेत रहेका छन् । २०७४ सालको निर्वाचनमा स्याङजाको प्रदेशसभा २ वाट निर्वाचित भएका भागवत प्रकाशले स्याङ्जा काँगे्रसको साख बचाएका थिए । दुबै नेताको निधनमा उनीहरु सगै काम गरेका नेताहरुले समेत दुःख व्यक्त गरेका छन् ।