बुटवलमा थप चार जनाको मृत्यु

प्रकाशित मिति:

बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना अस्पतालमा गरी थप ४ संक्रमितको मृत्यु भएको छ । जेठ ५ गते अस्पताल भर्ना भएकी गुल्मीको चन्द्रकोट ४ की ५० वर्षीया महिलाको शुक्रवार बिहान ४ बजे, ६ गते भर्ना भएका नवलपरासीको वर्दघाट ४ का ६२ वर्षीय पुरुषको बिहान ३ बजे र वैशाख २९ गते भर्ना भएका वर्दघाट ४ का ३९ वर्षीय पुरुषको ७ ः २५ मा मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए । त्यस्तै, रुपन्देहीको सैनामैना १० का ७७ वर्षीय पुरुषको बिहिबार सांझ ७ बजे  मृत्यु भएको गौतमले बताए ।