बुटवल । रुपन्देहीमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ६४० जनाको कोरोना परीक्षण गर्दा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा ४९ जना, तिलोत्तमा नगरपालिकामा २९ जना, सिद्धार्थनगर नगरपालिकामा २४ जना, सैनामैना नगरपालिकामा ३१ जना, देवदह नगरपालिकामा १० जना, ओमसतिया गाउँपालिकामा ६ जना, सियारी र गैडहवामा ३ ३ जना, मायादेवीमा २ जना, मर्चवारी, कंचन, लुम्बिनी सांस्कृतिक र कोटहीमाईमा १ १ जना, शुद्धोधनमा १ जना थपिएका हुन् ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ८४५ पुगेको छ । हाल जिल्लामा ५ हजार १९४ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५३१ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या १९ हजार २६६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ३८८ पुगेको छ ।









