भविष्यबारे निर्णय नहुँदै बार्सिलाेनाबाट बिदा भए मेसी

प्रकाशित मिति:

काठमाडौं- अर्जेन्टिनी कप्तान लिओनल मेसीले स्पेनिस क्लब बार्सिलोना छाडेका छन्।सिजनको अन्तिम खेल अर्थात आइतबार हुने ला लिगाको अन्तिम खेल अघि नै प्रशिक्षक रोनाल्ड कोएमनले छुट्टीको अनुमति दिएको मार्काले जनाएको छ।उपाधि होडबाट बाहिरिसकेको बार्सिलोनाले आइतबार इबरसँगअन्तिम खेल खेल्दैछ। उनले सिजन सकिनुअघि आफ्नो भविष्यबारे निर्णय नहुँदै छुट्टी लिएका छन्। यसअघि मेसीले सिजन सकिएपछि भविष्यबारे निर्णय लिने बताएका थिए।

सिजनको अन्त्यसँगै बार्सिलोनासँगको मेसीको सम्झौता सकिदैछ। उनका बुबाले बार्सिलोनाका अध्यक्ष जोन लार्पोटासँग अनौपचारिक छलफल अघि बढाइ सकेको बताइएको छ। तर, कुनै निर्णय भने नभएको मार्काले जनाएको छ।कोम्यानले यसअगाडि मेसी महत्त्व क्लबमा रहेको बताइसकेका छन्। लार्पोटा पनि मेसी क्लबमै रहुन भन्ने चाहन्छन्।नेयमार र इर्लिङ हाल्यान्डलाई क्लबमा भित्राउने प्रयास सफल हुनेमा शंका भइरहेका बेला उनले सर्जियो अगुएरोलाई भित्राउने भएका छन्। अर्जेन्टिनी अगुएरो मेसीका मिल्ने साथीसमेत हुन्। दुवैले उमेर समूहदेखि अर्जेन्टिनाका लागि सँगै खेल्दै आएका छन्।अगुएरो अर्को महिना सम्झौता समाप्त भएपछि बार्सिलोना जाने भएका हुन्। बार्सिलोनासँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गर्न उनी सहमत भएको छ।

अगुएरोले अन्य ठाउँमा उपलब्ध तलबभन्दा कम तलबमा बार्सिलोना जान स्वीकार गरेका हुन्।अहिले मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० या प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी म्यानचेष्टर सिटी जाने चर्चा चलेको छ। पीएसजीले यसअघि नै मेसीलाई प्रस्ताव गरिसकेको छ। यता, सिटीलेमेसी बार्सिलोनामा बस्न चाँहदैनन् कि भनेर पर्खिरहेको छ। उनीहरुले प्रस्ताव तयार पारिसकेका छन्, तर सिटी मेसीको उपलब्धताबारे सुरुमा स्पष्ट हुन चाहन्छ ।हुन त एक सिजन अगाडी नै सिटीले मेसी अनुबन्धको लागि बार्सिलोना समक्ष तीन खेलाडी र ८९।५ मिलियन युरो अफर गरेको थियो।सिटीले मेसीका लागि आफ्ना तीन खेलाडी गाब्रियल जिसस, बेर्नार्डो सिल्भा र एरिक गार्सियालाई दिने प्रस्ताव गरेको थियो।मेसीले व्यक्तिगत हिसाबले सिटी आउन सहमत भएको बताइएको छ। सिटीको शर्तहरु बार्सिलोनाले स्वीकार गरे प्रशिक्षक पेप ग्वार्डिओला र मेसीको पुनर्मिलन पनि हुनेछ।

ग्वार्डिओलाले बार्सिलोनामा मेसीलाई २००८ देखि २०१२ सम्म प्रशिक्षण दिएका थिए। ग्वार्डिओला बार्सिलोनाको प्रशिक्षक रहँदा क्लबले लगातार सफलता हात पर्नुका साथै मेसीले आफूलाई विश्व स्तरीय खेलाडीको रुपमा स्थापित गरेका थिए।त्यसबेला मेसीले आफ्नो खेलमा व्यापक सुधार गर्दै टोलीका साथै व्यक्तिगत सफलता हासिल गरेका थिए। ग्वार्डिओला र मेसी इतिहाद सर्ने विषयमा यसअघि नै छलफलमा थिए।यद्यपि, बार्सिलोनाले मेसीको रिलिज क्लज ७ सय मिलिय युरो तोकेको थियो। ७ सय मिलियन युरो तिर्न सफल भए बार्सिलोनाको अनुमति बेगर पनि मेसीले क्लब छाड्न पाउने थिएनन्। त्यसैले उनी एक सिजन बार्सिलोनामै बसेका थिए।

अब मेसीले आफ्नै देशमा आयोजना हुने कोपा अमेरिकाका लागि तयारी गर्नेछन्। यस सिजन मेसीले धेरै खेल खेलेका छन्।सन् १९९३ यता कोपा अमेरिका जित्न नसकेको अर्जेन्टिनाका लागि यसपटक घरेलु मैदानमा ट्रफी जित्ने अवसर हुनेछ।