प्युठान। प्युठानको नौबहिनी गाउँपालिका–१ चौतारामा एक घर भत्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
४० वर्षीय बोमबहादुर मल्लको घर शनिबार राती भत्कँदा च्यापिएर बोमबहादुर मल्ल, उनकी श्रीमती ३४ वर्षीया गमी मल्ल र उनका ३ वर्षीय छोरा शिशिर मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।








