सिटीले उचाल्यो उपाधि ट्रफी, लिभरपुल च्याम्पियन्स लिगमा

प्रकाशित मिति:

काठमाडौँ । च्याम्पियन म्यानचेस्टर सिटीले प्रिमियर लिगको अन्तिम खेलमा सानदार जित हात पारेको छ । सिटीले एभर्टनलाई ५-०ले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे भने केभिन डी ब्रुएन, ग्राबियल जिसस र फिल फोडेनले समान एक एक गोल गरे । अग्युरो सिजनको अन्त्यसँगै क्लब छाड्दै छन् । अग्युरोले वायन रोनीले राखेको एकै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत तोडेका छन् । रोनीले म्यानचेस्टर युनाइटेडका लागि १ सय ८३ गोल गरेका थिए भने अग्युरोले समग्रमा १ सय ८४ गोल गर्न सफल भए ।

उपाधि जित्ने क्रममा सिटीले ३८ खेलमा ८६ अंक जोड्यो । पराजित एभर्टन भने ५९ अंक जोडेर दशौँ स्थानमा रह्यो ।

यस्तै, लिभरपुल अर्को सिजन च्याम्पियन्स लिगको लागि छनोट भएको छ । गएराति लिभरपुलले क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेको हो । चेल्सी पनि पराजित हुनका बाबजुद शिर्ष चारमा परेको छ । लेस्टर सिटीले भने च्याम्पियन्स लिग खेल्ने अवसर गुमायो । अंक तालिकामा च्याम्पियन म्यानचेस्टर सिटीको ८६ अंक तथा उपविजेता युनाइटेडको ७४ अंक भयो । लिभरपुल ६९ अंकसहित तेस्रो रहँदा चेल्सी ६७ अंकसहित चौथो रह्यो । पाँचौ स्थानको लेस्टरले ६६ अंक मात्र जोड्न सक्यो ।