नेपाल समूहका २३ सांसदले गरे रिटमा हस्ताक्षर – नामसहित

प्रकाशित मिति:

काठमाडौं, जेठ १० : विपक्षी गठबन्धनले संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै आज (सोमबार) सर्वोच्च अदालतमा रिट दायर गर्दै छन् । उक्त रिटमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्ने सांसदहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल छन् ।

त्यस्तै निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, दीपकप्रकाश भट्ट, नारायण खतिवडा र मेटमणि चौधरीले पनि सर्वोच्चमा रिट दायर गर्न हस्ताक्षर गरेका छन् ।

यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपतिसमक्ष पेस गरिएको हस्ताक्षरमा नेपाल समूका २६ सांसदले हस्ताक्षर गरेका थिए। त्यतिबेला हस्ताक्षर गरे पनि अहिले गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले हस्ताक्षर गरेका छैनन्। विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल समूह, जसपा बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले सर्वोच्चमा रिट दायर गर्न लागेका हुन्। विपक्षी गठबन्धनका नेताहरुले देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन्।