लैङ्गिक हिंसा बिरुद्ध को १६ दिने अभियान : मुक्तिअभियानको अनौठो प्रयोग “बन्द चाबी” खोलेर उद्घाटन
इमरान खान कपिलबस्तु
कपिलबस्तुको कृष्णनगरमा मानब बेचबिखन तथा लैङ्गिक हिंसा बिरुद्ध कृयाशिल रुपमा काम गर्दै आएको संस्था र यसै क्षेत्रमा कृयाशिल रुपमा लागेका बिभिन्न सरोकारवाला निकायहरुको संयुक्त आयोजनामा दिप प्रज्वलन गरि लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको सुभारम्भ गरिएको छ । मंगलबार साँझ एक कार्यक्रमका बिच प्रमुख अतिथि सबनम खातुन ले दिप प्रज्वलन गर्दै उद्घाटन गरेकी हुन् । कार्यक्रममा महिलाहरु अझै बोल्न र हिंड्न समेत खुला हुन नसकेको संकेत गर्दै यसलाई मुक्त बनाउनु पर्छ भन्ने मान्यताका साथ सांकेतिक रुपमा बन्द चाबी लाई समेत खोलिएको थियो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यलयका कार्यलय प्रमुख सुर्य बोगटी,उधोग बाणिज्य संघका अध्यक्ष गुरुचरण सिङ,ट्राफिक प्रहरी प्रमुख,लिङ्गेट प्रहरी चौकिका प्रमुख,लाईन्स क्लबका दिनेश गुप्ता,लगाएत बिभिन्न संघ सस्थाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सन्चालन के।आई।नेपालक संयोजक केसर बिश्वकर्माले गरेका थिए । ।बिश्वकर्माले आजको दिनमा अझै पनि महिलाहरु बलात्कार हुनु परेको छ बोक्सिको आरोपमा कुटपिट हुनुपरेको छ,कयौ महिला दाइजोको निउमा जल्नु परेको छ,कयौ बेचबिखनको सिकार हुनुपरेको धारणा राखेका थिए । बिश्वकर्माले १६ दिनको अभियानमा सचेतनामुलक बिभिन्न कार्यक्रम मनाउने समेत बताए ।













