सामाजिक विषयवस्तुमा नयाँ टेलिसिरियल लेख्दै कुमार कट्टेल

प्रकाशित मिति:

हास्यकलाकार कुमार कट्टेल नयाँ टेलिसिरियलको कथा लेखनमा लागेका छन् । ‘सक्किगोनी’ भन्दा फरक विषयवस्तुमा पनि टेलिसिरियल बनाउने सोच अनुसार आफू कथा लेखनमा लागिरहेको कुमारले  बताए ।

‘कमेडीभन्दा फरक विधामा सामाजिक विषयवस्तुमा पनि टेलिसिरियल बनाउने सोच हो’ कुमारले भने–‘अहिले त्यसको कथामा दृश्य अनुसार लेखनको काम गरिरहेको छु ।’
अवस्था सामान्य भएपछि उक्त टेलिसिरियल निर्माण सुरु गर्ने कुमारले बताए । नयाँ टेलिसिरियलमा ‘सक्किगोनी’कै टिम हुने कि नयाँ हुने भन्नेबारे सरसल्लाह भने भैनसकेको उनले बताए ।