आइसिसी एकदिवसीय वरीयतामा नेपालको स्थान यथावत

प्रकाशित मिति:

विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले निकालेको नयाँ एकदिवसीय वरीयतामा नेपालको स्थान यथावत रहेको छ ।नेपाल २४ रेटिङ प्वाइन्टका साथ १६ औँ स्थानमा यथावत रहेको हो ।

नेपालले २०७७ को माघमा घरेलु मैदानमै सम्पन्न आइसिसी विश्व क्रिकेट लिग अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेले यता कुनै अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेको छैन ।न्युजिल्यान्ड १२१ रेटिन प्वाइन्टका साथ वरीयताको शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको अस्ट्रेलियाले ११८ रेटिङ प्वाइन्ट पाएको छ ।

भारत, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, वेस्ट इन्डिज, श्रीलंका र अफगानिस्तान क्रमश: तेस्रो देखि १० औैँ स्थानमा छन् ।