स्वास्थ्यमन्त्रीसंग पत्रकारमहासंघ रुपन्देहीका प्रतिनीधी विच भेटघाट , कोभीड उपचारलाई सहज बनाउने विषयमा छलफल
स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले कोभीड उपचारलाई सहज र सरल बनाउन लागीपरेको बताउनुभएको छ ।
आज भएको पत्रकार महासंघ रुपन्देहीको टोलीसंगको भेटमा उहाले पहुंचका भरमा अक्सिजन खोज्ने र उपचार पाउने परिपाटी रोक्न लुम्बिनी प्रदेशमा रहेका सबै कोभीड अस्पतालहरुको अनुगमन र निरीक्षणमा लागेको उहाले बताउनुभयो ।
सबै अस्पतालमा अक्सिजन प्लान्ट बन्न लागेको बताउदै अब धेरै समय अक्सिजन अभाव व्यहोर्नु नपर्ने दावी गर्नुभयो । अस्पतालमा एक्कासी विरामीकोृ संख्या बढ्दा चिकित्सक तथा नर्सहरु समेत अतालिएको बताउदै मन्त्री श्रेष्ठले उनीहरुको सही व्यवस्थापन गर्ने उहाले बताउनुभयो । सरकारी कोरोना अस्पतालले मात्रै कोरोना संक्रमीतको उपचार थेग्न नसक्ने देखिएपछि पछिल्लो समय १२ वटै जिल्लामा सेवा विस्तार थालेको उहाको भनाइ थियो । मन्त्री श्रेष्ठले सरकारी अस्पतालको भार कम गर्न नीजी अस्पतालहरुमा पनि आइसोलेसन अस्पताल बनाउन लागेको बताउनुभयो ।












