नेबिसंघ नवलपरासीद्रारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन 

प्रकाशित मिति:
प्रकाश न्यौपाने जेठ ११ गतेनवलपरासी । पश्चिम नवलपरासीका विभिन्न ठाउँमा नेपाल विद्यार्थी संघ नवलपरासीले प्रधानमन्त्री केपी शर्मा ओलि र राष्ट्रपति बिद्यादेबि भण्डारीको पुत्ला दहन गरेको छ । असंवैधानिक तवरबाट प्रधानमन्त्री मन्त्री केपी ओलिको सिफारिसमा राष्ट्रपति विद्यादेबि भण्डारीले  प्रतिनिधिसभा विघटन गरेकोले जिल्लामा बिरोध स्वरुप पुत्ला दहन गरिएको नेपाल बिघार्थी संघ नवलपरासीका निवर्तमान सभापति राजन भण्डारीले बताउनु भयो ।
प्रधानमन्त्री केपि ओलिको नेतृत्वमा रहेको  मार्ग नै प्रसस्त नगर्ने र अर्को सरकार बन्ने अवस्था हुँदाहुँदै नेपालको  संविधान मिचेर असबैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेकोले  बिरोध जनाइएको भण्डारीले बताउनु भयो । उहाँ भन्नू हुन्छ -” कोरोना दोस्रो भेरियण्टले मुलुकमा आक्रान्त भएको बेला असंबैधानिक रुपमा  सत्ताको आयु लम्ब्याउनका लागी प्रतिनिधि सभाको विघटन गरिएको हो । नवलपरासी । पश्चिम नवलपरासीका विभिन्न ठाउँमा नेपाल विद्यार्थी संघ नवलपरासीले प्रधानमन्त्री केपी शर्मा ओलि र राष्ट्रपति बिद्यादेबि भण्डारीको पुत्ला दहन गरेको छ । असंवैधानिक तवरबाट प्रधानमन्त्री मन्त्री केपी ओलिको सिफारिसमा राष्ट्रपति विद्यादेबि भण्डारीले प्रतिनिधिसभा विघटन गरेकोले जिल्लामा बिरोध स्वरुप पुत्ला दहन गरिएको नेपाल बिघार्थी संघ नवलपरासीका निवर्तमान सभापति राजन भण्डारीले बताउनु भयो ।

प्रधानमन्त्री केपि ओलिको नेतृत्वमा रहेको मार्ग नै प्रसस्त नगर्ने र अर्को सरकार बन्ने अवस्था हुँदाहुँदै नेपालको संविधान मिचेर असबैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेकोले बिरोध जनाइएको भण्डारीले बताउनु भयो । उहाँ भन्नू हुन्छ -” कोरोना दोस्रो भेरियण्टले मुलुकमा आक्रान्त भएको बेला असंबैधानिक रुपमा सत्ताको आयु लम्ब्याउनका लागी प्रतिनिधि सभाको विघटन गरिएको हो ।” बर्दघाट नगरपालिकामा केदार चौधरी र कमल बस्याल रामग्राम र सुनवल नगरपालिकामा अर्जुन पौडेल, विकास घिमिरे र इमामुल अलि, सरावल गाउँपालिकामा रियाज अली, सुस्ता गाउँपालिकामा राज कुमार कुशवहा, प्रतापुर गाउँपालिकामा अनोज यादव र अजाज अन्सारीको नेतृत्वमा विरोध कार्यक्रम गरिएको हो ।