अर्घाखाँचीमा कोरोना जित्नेको संख्या बढ्दै, पछिल्लो २४ घण्टामा ८२ जना डिस्चार्ज

प्रकाशित मिति:

बुटवल- अर्घाखाँचीमा कोरोना जित्नेको संख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा अर्घाखाँचीमा ८२ जनाले कोरोना जितेका छन् । यो सँगै जिल्लामा कोरोना जित्नेको संख्या ११५७ पुगेको छ ।यस्तै, अर्घाखाँचीमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न पालिकाहरुमा गरि ४९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा ८ जना, भुमिकास्थान नगरपालिकामा १४ जना, शितगंगा नगरपालिकामा १२ जना र छत्रदेवमा गाउँपालिकामा १५ जना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या १,९२६ पुगेको छ । हाल ७१९ जना उपचाररत छन् ।पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै अर्घाखाँचीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ ।