रविन्द्र मिश्र- म बौद्धनाथको छायाँमा हुर्किएँ। मेरो पुर्ख्यौली घर यही स्तुपको पछाडि (उत्तरतर्फ) छ। यसको संरचना, विशालता, वैभव सन्सारमैँ अतुलनीय छ। बुद्धको जन्मस्थल लुम्विनीको वैभव त्यत्तिकै अतुलनीय छ। तर ‘नजिकको देवता हेलाँ’ भनेझैँ हामीले यसको महत्व बुझ्नै र विश्वलाई बुझाउनै सकेनौँ।
विश्व सम्पदा सूचीमा सूचिकृत यी केन्द्रहरू विकशित देशमा भइदिएको भए यिनले फ्रान्सको आइफेल टावर जत्तिकै या त्योभन्दा बढी पर्यटक भित्र्याउन सक्थे।तर यो देशको सृजनात्तमक सोच र दूरदृष्टीहीन भ्रष्ट नेतृत्वहरुले गर्दा विश्वमैँ यस्ता अतुलनीय सम्पदा, विविध संस्कृति तथा प्राकृतिक सौन्दर्यले भरिएको यो देशमा पर्यटनबाट हुने आय कूल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित छ। जबकी, भुटानको झण्डै ५, थाइलण्डको १२, कम्बोडियाको १६ र मालदिभ्सको ६० प्रतिशत रहेको छ।देउताको महत्व बुझ्न पनि असल नेतृत्व नै चाहिने रहेछ। बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना।आजै परेको बैशाख पूर्णिमा, चण्डी पूर्णिमा, मष्ट पूर्णिमा, उभौली, गोरखनाथ जयन्ती र कूर्म जयन्तीको पनि मंगलमय शुभकामना! (फोटो: Bijay Chaurasia)












