बुटवल । रुपन्देहीमा जारी निशेधाज्ञाको अवधि जेठ २० गतेसम्म कायम गरिएको छ । आज बसेको डिसीसीएमसीको बैठकले निशेधाज्ञा बढाउन सिफारिस गरेको थियो। सोहि सिफारिसलाई आधार मानेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ २० गतेसम्म निशेधाज्ञाको अवधि बढाएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
यस अवधिमा शान्ति सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले जानकारी दिए ।









