पत्रकार महासंघ अध्यक्ष पोखरेल चढेको गाडी दुर्घटना

प्रकाशित मिति:

बुटवल–नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढेको गाडी दाङमा दुर्घटनामा परेको छ ।

पोखरेलसँगै महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम चढेको प्रदेश ३–०१–०२२च९२२६ नम्बरको कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कारपियोल ठक्कर दिएको हो ।

अध्यक्ष पोखरेलले आफू लगायत सबै सुरक्षित रहेको जानकारी दिएकाछन् ।