प्रेस युनियनद्वारा १० लाखको राहत कोष स्थापना

प्रकाशित मिति:

बुटवल । नेपाल प्रेस युनियन १० लाखको राहत कोष स्थापना गरेको छ । युनियनको ३१ औं स्थापना दिवसको अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा युनियनको १० लाखको राहत कोष घोषणा गरेको अध्यक्ष बद्री सिग्देलले बताए ।

कोषमा केन्द्रीय कार्यसमितिमा रहेकाहरूले कम्तिमा एक हजार सहयोग गर्नुपर्ने रहेको महासचिव अजयवाबु शिवाकोटीले बताए । उनका अनुसार केन्द्रीय समितिले १ लाख संकलन गर्नेछ।

उक्त राहतकोषबाट कोरोना संक्रमित पत्रकारलाई सहयोग गरिने कोषाध्यक्ष सरोज अधिकारीले जानकारी दिए ।

युनियनको ३१ औं स्थापना दिवसमा आयोजित अन्तरक्रिया कार्यक्रममा कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरीष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता विश्व प्रकाश शर्मा,नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, युनियनका महासचिब अजयबाबु शिबाकोटी लगायत करिव ८ सय जनाको सहभागिता रहेको थियो ।