बुटवल । अर्घाखाँचीमा कोरोना जित्नेको संख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा अर्घाखाँचीमा ४७ जनाले कोरोना जितेका छन् । यो सँगै जिल्लामा कोरोना जित्नेको संख्या १२३७ पुगेको छ ।
यस्तै, अर्घाखाँचीमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा ८ जना, भुमिकास्थान नगरपालिकामा ३ जना, शितगंगा नगरपालिकामा २९ जना र मालारानीमा गाउँपालिकामा १ जना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।
यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या १,९९७ पुगेको छ । हाल ७०७ जना उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै अर्घाखाँचीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ ।









