इन्देणीको सहकार्यमा चिसापानी आईसोलेसनलाई ३ लाख २० हजारको स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण
प्रकाश न्यौपाने
जेठ १३ गते
नवलपरासी । बर्दघाट नगरपालिकाद्रारा सन्चालन गरिएको चिसापानी आइसोलेसनमा ईन्द्रेणी सामाजिक विकास मञ्चका पुर्व अध्यक्ष बिक्रम खनालले ३ लाख २० हजार रुपैया बराबरको स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरीएको छ । बर्दघाट नगरपालिकाले बर्दघाट–२ चिसापानीमा संचालनमा रहेको आइसोलेसनमा स्वास्थ्य सामाग्रीहरु ईन्द्रेणी सामाजिक विकास मञ्चका पुर्व अध्यक्ष विक्रम खनालले नगर प्रमुख धिरज शर्मा बस्याललाई हस्तान्त्रण गर्नु भएको थियो ।
कोभिटको दोस्रो भेरीयन्टको प्रभाव रहिरहेको वेला कोरोना भाइरसका विरुद्धमा प्रयोग हुने महत्वपुणर् स्वास्थ्य सामाग्रिहरु पिपिइ सेट, स्टेचर, माक्स, सेनिटाइजर, ग्लप्स, थरमल गन, अक्सिमिटर लगायतका सामाग्रिहरु हस्तान्त्रण गरीएको इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यसमिति सदस्य विमल चन्द्र घिमिरे बताउनु भयो ।

सो अवसरमा बोल्दै नगर प्रमुख बस्यालले नगरले संचालन गरेको आईसोलेसनमा उपचार गर्न आएका कोभिड–१९ संक्रमित सबै विरामीहरुका लागि सहज र सर्वशुलभ तरीकाले गुणस्तरीय उपचार गरी सञ्चो बनाएर घर र्फकाउनका लागि नगरपालिका र नगरका विभिन्न सामाजिक तथा ब्यवसायिक संघ संस्थाहरुले उल्लेखनिय सहयोग गरेको बताउनु भएको थियो । उहांले मिसन टू नेपाल र ईन्द्रेणी सामाजिक विकास मञ्चले गरेको सहयोग पनि अतुलनिय रहेको बताउदै धन्यवाद प्रकट गर्नु भएको थियो । त्यसैगरी स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गर्दै इन्देणी सामाजिक बिकास मञ्चका पुर्व अध्यक्ष खनालले सबैको सहयोगवाट नै यस प्रकारका सामाजिक कार्यहरु गर्न आवश्यक रहेको बताउदै त्यसमा ईन्द्रेणी सामाजिक विकास मञ्चले पनि सामाजिक उत्तर दायित्व बहन गरेको बताउनु भएको थियो । मिसन टू नेपालको सहयोग र ईन्द्रेणी सामाजिक विकास मञ्चको समन्वयमा नवलपरासी जिल्लाका सातवटै स्थानिय तहका २७ लाख रुपैया बरावरको स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गर्ने योजनामा रहेको ईन्द्रेणी सामाजिक विकास मञ्चका फोकल पर्सन बिमल चन्द्र घिमिरेले बताउनु भयो .

इन्द्रेणी सामाजिक विकास मञ्चका उपाध्यक्ष कर्दम क्षेत्री , सचिव होमराज कुंवर, कार्यसमिति सदस्य विमल चन्द्र घिमिरे र सुनवल सामुदायिक विकास केन्द्रकी अध्यक्ष सपना थापा क्षेत्री, कार्यक्रममा युनाइटेड मिसन टु नेपालका टिम लिडर सबु तमाड्ड, तेज गैरे, लगायतको उपस्थिति रहेको थियो ।









